हानिकारक कीरा व्यवस्थापनमा आर्कषक पदार्थहरूको पासोको प्रयोग
खेतीपातीका विभिन्न समस्याहरूमध्ये हानीकारक कीराहरूको व्यवस्थापन एक महत्वपुर्ण पक्ष हो ।
फेरोमोन या मोहिनी पासो र यौन आकर्षक पदार्थहरूको प्रयोग बाली बिरुवाको हानिकारक कीराहरू अनुगमन तथा नियन्त्रणको विविध तरीकाहरूमध्ये एक हो । यो एक वातावरण मैत्री विधि हो । फेरोमोनहरू जाति
विशेषका निश्चित हुन्छन्, यसले अन्य लाभदायक मित्र जीवहरूलाई असर गर्दैन। थोरै परिमाणमा प्रभावकारी हुन्छ । यसलाई एकीकृत हानीकारक कीरा व्यवस्थापनमा प्रयोग गरिन्छ ।
प्राकृतिक रूपमा सहवास अगाडी यौन समागमनका लागि वयस्क पोथी कीराहरूले एक प्रकारको जाति विशेष रासायनिक पदार्थ (गन्ध÷वासना ) फेरोमोन निकाल्दछ, जसले भाले कीराहरूलाई आकर्षण गर्दछ र सो बासनाको स्रोतसम्म आई पुग्दछन् । उक्त फेरोमोनको उपयोग गरी बोट बिरुवाको हानिकारक कीराहरू व्यवस्थापन गरिँदै आइएको छ । त्यस प्रकारको यौन आकर्षक फेरोमोन प्रयोगशालामा कृत्रिम रूपमा तयार गरिन्छ र तिनीहरूलाई ल्यूर (आकर्षकको रूपमा) विभिन्न प्रकारको सुहाँउदो पासोहरूमा प्रयोग गरिन्छ। जसमा वयस्क भालेहरू आर्कषक भई पासोमा परेर मर्छन
।
फेरोमोन पासोमा निश्चित कीराको लागि विशेष ल्यूरको प्रयोग गरी बालीनालीमा कीराको गतिविधि, प्रकोप र परिमाण पत्ता लगाउन सकिन्छ र सोही अनुसारको नियन्त्रण विधि प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ । त्यसैगरी प्रति इकाई क्षेत्रफलमा प्रशस्त रूपमा आवश्यक मात्रामा पासोहरू प्रयोग गरी वयस्क भाले कीरा नियन्त्रण गर्न सकिन्छ र पोथी कीरा भालेको संसर्गमा आउन पाउँदैन अनि बतासे फुल पार्दछ फलस्वरूप सन्तान उत्पादन प्रकिृया रोकिन्छ । तसर्थ कीरा नियन्त्रणमा उपयोगी हुन्छ । सामान्यतया व्यवहारिक रूपमा प्रायः पोथी फेरोमोनहरूले भाले कीरा आकर्षण गर्दछन् तर कटन बल विभिलको पोथीहरूलाई भाले फेरोमोनमा आर्कषण गर्न सकिन्छ । विभिन्न प्रकारको पासोहरू र ल्यूरहरू बजारमा उपलब्ध छन् ।
यौन आकर्षक पदार्थहरूको अलवा कतिपय रासायनिक पदार्थहरूको गन्ध (वासना) ले कीराहरूलाई आकर्षित गर्दछन् । यी पदार्थले कीराको भालेहरूलाई आकर्षण गर्दछन् । यस्ता आकर्षक पदार्थसँग विषादी मिसाई कीराहरू नियन्त्रण गरिन्छ । जस्तो की मिथाएल युजेनल नामक पदार्थले फलफूलमा लाग्ने फल कुहाउने झिँगो र क्युल्युरले काक्रो, फर्सीमा लाग्ने फल कुहाउने झिँगोलाई आर्कषण गर्दछ
Comments
Post a Comment