Skip to main content

नेपालमा च्याउ खेतीको इतिहास (History of Mushroom Cultivation in Nepal)


नेपालमा २०२८ सालबाट च्याउ उत्पादन शुरु भएको हो । सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०२९ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । त्यस समय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३७ सालबाट नै काठमाडौको बलम्बुमा निरन्तर रुपमा च्याउखेती गरिदै आइएको छ । बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरुको संख्या बृद्धि हुदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरुको संख्या पनि दिनानुदिन बृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरुमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरु रहेका छन् ।
अन्य खेती भन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा दिनानुदिन यो व्यावसायमा लाग्न शिक्षित र अशिक्षित दुवै प्रकारका किसानहरुको संख्या बढ्दै गएको छ । यसको खेतीका लागि मल,माटो र सिँचाईको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भएका निम्न वर्गिय किसानले थोरै जमिनमा पनि सानो टहरा बनाएर गर्न सकिन्छ ।
हाल नेपालमा २५ हजार टन च्याउ उत्पादन भैरहेको तथ्यांक छ । तर नेपाली बजारमा ७५ हजार टन च्याउको माग रहेको छ । यसरी हेर्दा मागको जम्मा २५ प्रतिशत उत्पादन मात्र हुन सकेको अवस्था छ । जुन माग दिनानुदिन वढ्दै गइहेको छ । नेपालमा प्राय मौसमी रुपमा मात्र च्याउखेती हुदै आएकाले यसको मुल्य अस्थिर हुनेगरेको छ । सिजनमा धेरै उत्पादन हुँदा किसानले उत्पादन मुल्य पाउन समेत मुश्किल छ भने अफसिजनमा धेरै महंगो हुने गरेको छ । सिजनमा उत्पादन भएको च्याउलाई सुकाएर वा अन्य कुनै तरिकाबाट भण्डारण गरि राख्ने उचित व्यवस्था नहुँदा समस्या भएको छ ।
श्रोत : एग्रो टाइम्स मासिक 


Comments

Post a Comment

Popular posts from this blog

COMPLETE GK FOR AGRICULTURE ENTRANCE BY GORAKH DHAMI

CHAPTER 1.   ABOUT IAAS / AFU AND SOME AFFAIRS               1.1  INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE (IAAS) §         Began as a school of Agriculture under ministry of Agriculture in 1957 to train JTA’s in agriculture. §         School of agriculture upgraded to college level in 1968 §         It was entitled IAAS in 1972 as a constituent institute of Tribhuwan University and located the specific place at Rampur in the same year. §         The institute has 230 hac of land for its academic and research programs at Rampur. §         Lamjung Campus located at Sundarbazar Lamjung was established in 1975 and has about 18 hac of land. §         Paklihawa Campus at Rupandehi established in 1978 with area of about 22 hac of land. §         In 1998 the institute started M.Sc.Ag program. §         In 2001 the semester system of study in bachelor level was introduced. §         Ph.D degree course started in 2002. §         Campus chief of IAAS lamj

कृषि बिमा बारे महत्वपूर्ण तथ्य तथा जानकारी