Skip to main content

गोलभोडा खेतीको परिचय र जातको छनौट

प्राविधिक ज्ञान तथा कार्यबिधि
१.मौसम ,माटोको अवस्था र हावापानी 


गोलभँेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभोडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ।
२.उपयोग
गोलेभँेडामा भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । परम्परागत रूपमा गोलभँेडा तरकारी र अचारको लागि प्रयोग गरिँदै आएकोमा हाल यसको अलावा सलाद र सस बनाउन समेत प्रयोग बढ्दै गएको छ, जसले गर्दा यसको बजारमा प्रशस्त माग रहेको छ ।

३.जात हरु
गोलभँेडा खेतीका लागि वर्षातको समयमा लक्ष्मी ५००५, ग्रेस्को–१, सगरमाथा, वि एल ४१०, सिर्जना, अम्मर, इन्डम आदि जातहरू उपयुक्त हुन्छन ।
हिउँदे मौसमका लागि मनिषा, भीम, अभिनाश, लप्सी गेडे, बि.एस.एस ४२२ नामका जातहरु उपयुक्त हुन्छन । यसका साथै गोलभँेडाका अन्य प्रचलित जातहरू पुसा रुवी, मनप्रेकस, रोमा, बिशेष, सुरक्षा, एन १६२, एच. आर. डि. १ हुन ।
गोलभोडाका नवीन, ऋषि, रुपाली वर्णशङ्कर जातमा ओइलाउने रोग कम लाग्दछ ।

४. गोलभोडा लगाउने समय र नर्सरी ब्यबस्थापन

गोलभोडाका जातहरू जस्तै पुसा रुबी, मनपे्रकस, रोमा र एन. सि. एल. १ जातलाई उच्च पहाडमा चैत्रदेखि जेठ महिनासम्म बेर्ना सार्न सकिन्छ भने मध्य पहाडमा फागुनदेखि भाद्र महिनासम्ममा र तराईमा भाद्रदेखि कार्तिक
महिनासम्म बेर्ना सार्न सकिन्छ ।
मध्य पहाडका लागि उपयुक्त जातहरू विषेशगरी भीम र सुरक्षा जस्ता जात जेठदेखि साउन महिनासम्ममा बेर्ना सारिसक्नु पर्दछ ।
ओइलाउने रोग प्रतिरोधक जातहरू जस्तै एन. १६२, एच. आर. डि. १, ग्रेस्को १ आदि जात मध्य पहाडी भागमा फागुनदेखि साउन महिनासम्म बेर्ना सार्नु पर्दछ । तराईका लागि एन १६२ जातलाई भाद्र र माघ महिनामा बेर्ना सार्नु उपयुक्त हुन्छ ।
एक रोपनी (डेढ कठ्ठा) जग्गामा गोलभोडा खेतीका लागि वर्णशङ्कर भएमा १० ग्राम र स्थानीय तथा उन्नत जातको भएमा ३० ग्राम बीउको आवश्यकता पर्दछ ।
नर्सरीका लागी मलिलो, पाहारिलो, पानी नजम्ने र रेखदेख गर्न सजिलो हुने ठाउँको छनोट गर्नु पर्दछ ।
गोलभोडा खेतीका लागि १ मिटर चौडा, १० देखि १२ से.मि. अग्ला ड्याङ् र आवश्यकतानुसारको लम्बाइ राखी नर्सरी बनाउनु पर्दछ । १ मिटर चौडा र १ मिटर लम्बाइको नर्सरी व्याडका लागि ५ के.जि.का दरले राम्ररी पाकेको कम्पोष्ट मल राख्नु पर्दछ ।
वर्षात्मा फेद कुहिने रोगबाट बचाउन नर्सरीमा ब्लाइटेक्स वा बेभिस्टिन १ ग्राम प्रतिलिटर पानीको झोल बनाइ माटोको उपचार गर्नु पर्दछ ।
नर्सरी व्याडमा १० से.मि. अर्थात् चार अङ्गुलको फरकमा २ से.मि. गहिरो हुनेगरी काठको छेस्काले धर्सा कोर्ने र सो कोरिएको धर्सामा नटासिने गरी एकै नासले बीउ खसाल्नु पर्दछ ।
बीउ खसालिसके पछि बीउलाई मसिनो माटोले पुरिदिनु पर्दछ र माथिबाट सुकेको पराल वा खरले छापो हाल्नु पर्दछ । यदि नर्सरीको माटो सुख्खा भएमा हजारीले सिँचाइ गर्नु पर्दछ ।
बीउ टुसाए पछि छापो हटाउनु पर्दछ । छापो हटाउँदा साँझपख हटाउनु पर्दछ र सोही समयमा हल्का सिँचाइ गर्नु पर्दछ । यदि नर्सरीको माटो सुख्खा देखिएमा हजारीले पानी दिनु पर्दछ । पानी दिँदा जहिले पनि बेलुकीपख दिनु पर्दछ ।
वर्षात्को पानीबाट नर्सरी बचाउन १ मिटरको उचाइमा चारैतिर हावा पस्ने गरी प्लाष्टिकको छानो हाल्नु पर्दछ ।
नर्सरीमा कीरा तथा रोगको रोकथामका लागि नियमित रूपमा झारपात हटाइदिनु पर्दछ । नर्सरीमा कीरा देखिएमा सुर्ती, नीम, तीतेपाती, वनमारा आदिको झोल बनाइ छर्नु पर्दछ ।
बेर्ना कुहिने रोग देखिएमा साफ पाउडर एक ग्राम प्रतिलिटर पानीमा राखी सो झोल नर्सरीमा छर्नु पर्दछ ।
बेर्ना २० देखि २२ दिनको भए पछि वा तीन–चार पाते हुनासाथ मुख्य बारीमा लगेर सार्नु पर्दछ ।

५. गोलभेडा खेतीको लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन

गोलभँेडा लगाउने जग्गामा २ वा ३ पटक खनजोत गरी माटो मसिनो बनाउनु पर्दछ र झारपात तथा ढुङ्गा हटाउनु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी काट्नु पर्दछ ।
जग्गा तयारीको अन्तिम खनजोतमा एक रोपनी जग्गामा कम्पोष्ट मल १,५०० के.जि., युरीया ४ के.जि., डि.ए.पि. ११ के.जि. र पोटास ८ के.जि. राखी माटोमा राम्रोसँग मिलाउनु पर्दछ ।
बर्षात्मा खेती गर्दा पानीको निकास हुने गरी १० देखि १२ से.मि. अग्लो ड्याङ्मा बिरुवा लगाउनु पर्दछ ।
ड्याङ्मा बिरुवा सार्दा उन्नत जातको लागि लाइनदेखी लाइनको दुरी ७५ से.मि. र बोटदेखि बोटको दुरी ६० से.मि. राख्नु पर्दछ । यसैगरी वर्णशङ्कर जातका लागि लाइनदेखि लाइनको दुरी १०० से.मि.र बोटदेखी बोटको दुरी ६० से.मि. राख्नु पर्दछ ।
नर्सरीबाट बेर्ना सार्दा जति भाग माटो भित्र पुरिएको हुन्छ त्यति नै भाग मात्र बेर्ना सार्दा जमिन भित्र पुर्नेगरी सार्नु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी कटाउने व्यवस्था मिलाउनु पर्दछ ।
बेर्ना सारेको १० दिनमा भेजिमेक्स १ मि.लि. प्रति ५ लिटर पानीमा वा एच.वि.१०१ दुई थोपा प्रतिलिटर पानीमा मिसाई बिरुवाको पातमा छर्नु पर्दछ ।
गोलभोडा खेतीका लागि बेर्ना सारेको १५ दिन पछि प्रतिबोट १५ ग्रामका दरले युरिया मल हाल्नु पर्दछ । मल हाल्दा बोटको हाँगाको फैलावटको वरिपरि रिङ् जस्तो ३÷४ अङ्गुल गहिरो खाडल बनाई युरिया मल राखी माटोले पुरी टपडे«सिङ्ग गरिदिनु पर्दछ ।
बेर्ना सारेको २० दिनमा पुनः भेजिमेक्स वा एच बि १०१ माथि उल्लेख गरेअनुसारको विधिबमोजिम प्रयोग गर्नु पर्दछ । यसैगरि बेर्ना सारेको २५ दिनमा जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
यसैगरी बेर्ना सारेको ३० औँ दिनमा वा पहिलो टपडे«सिङ्ग गरेको १५ दिन पछि माथि उल्लेख गरे जस्तै गरी युरिया मल राख्नु पर्दछ ।
बेर्ना सारेको ३५ दिनमा पुनः जिप्लेक्सर÷मल्ट
िप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ४० दिनमा पुनः जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
मिराकुलन, हिटकुलन वा युरेका १ मि.लि. प्रति लिटर पानीमा मिसाएर फूल खेल्न थाले पछि १५÷१५ दिनको फरकमा ३÷४ पटकसम्म राख्नाले फल चर्कने वा फुट्ने समस्याबाट बचाउँदछ ।

७. गोलभोडा खेतीको गोडमेल र सिँचाइको व्यवस्थापन

गोलभँेडाको उत्पादन बढाउन र यसको फललाई आकर्षकबनाउन व्यवस्थित किसिमले गोडमेल तथा सिँचाइ गर्नुपर्दछ ।
गोलभँेडाको बेर्ना सारेको १५ दिनमा पहिलो गोडमेल गरीयुरियाको प्रयोग गर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ३०दिनमा दोस्रो गोडमेल गरी युरियाले दोस्रो टपडे«सिङ्ग गर्नुपर्दछ ।
बिरुवा ठूलो भई लत्रिन थालेमा १ मिटर अग्लो बाँसकोथाँक्रो दिई बिरुवा अड्याउनका लागि डोरीले हल्काकिसिमले बाँध्नु पर्दछ । यसो गर्नाले गोलभोडाको फल राम्रो हुन्छ ।
जमिनको सतहदेखि १ फिट माथिसम्मका हाँगा हटाइदिनु पर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्यकताअनुसार नियमित रूपमा सिँचाइ गर्नु पर्दछ ।
सिँचाइको व्यवस्थापन पानीको स्रोत तथा उपलब्धताको आधारमा उपयुक्त प्रविधि जस्तै ढिकी पम्प, थोपा सिँचाई
आदिको प्रयोग गर्नु पर्दछ ।

८. बाली टिपाइ (भित्र्याउने र बजार व्यवस्थापन

गोलभँेडाको परिपक्व भएको तर हरियो फल भेट्नु सहित टिप्नु पर्दछ । बजारमा गोलभँेडाको भाउ राम्रो भएको बेला गोलभँेडा छिटो पकाउने तथा तयार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
गोलभँेडालाई छिटो पकाउनु पर्ने भएमा टिपिएको गोलभोडाको भेट्नु हटाएर काँचो फललाई केही पाकेको गोलभोडासंग मिसाइराख्नु पर्दछ । यसैगरी गोलभोडाको हरियो फल र अलि–अलि रङ्ग चढेको फल टिपी रातो पाकेको गोलभँेडा, पाक्न लागेको केरा वा मेवासँग मिसाइ ओभानो ठाउँमा राखी सेतो प्लाष्टिकले छोपेमा फल छिटो पाक्दछ ।
गोलभँेडाबाट राम्रो आम्दानी पाउन साना तथा ठूला पाके का फलहरु छुट्ट छुट्टै राख्नु पर्दछ । त्यसैगरी लाम्चो तथा अण्डा आकारको फललाई पनि छुट्टाछुट्टै राख्नु पर्दछ । यसरी छुट्याइएको गोलभोडा अलग–अलग भाँडोमा राख्नु पर्दछ ।
बजारमा लानु अघि कुहिएका, दाग लागेका नमिलेका तथा बिग्रिएका गोलभोडा छानी छुट्टै राखेर प्रयोजनमा प्रयोग गर्नु पर्दछ ।
गोलभेडा प्लाष्टिकको क्रेटमा राखी बजार लैजाँदा अथवा ढुवानी गर्दा नोक्सान कम हुन्छ । यस क्रममा फल टिप्नु भन्दा अगाडि बजारमा आफ्नो उत्पादनको माग, मूल्य र व्यापारीहरूको बारेमा जानकारी लिनु पर्दछ ।
गोलभँेडा उत्पादन गर्ने कृषकले कुन महिनामा बढी खपत हुन्छ र बढी मुल्यमा जान्छ, कस्तो खालको फल र जात व्यापारी तथा उपभोक्ताहरुले रुचाउँदछन् भन्ने विषयमा पूर्ण रूपमा जानकारी लिनु पर्दछ ।
तरकारीका लागि थोक तथा खुद्रा कुन बजार हो सो बारे पनि राम्ररी जानकारी हुनु पर्दछ । होटेल र रेष्टुरेन्टमा कस्ता खाले गोलभोडाको माग छ सोको जानकारी लिनु पर्दछ ।


श्रोत: veg book practical action

Comments

Popular posts from this blog

COMPLETE GK FOR AGRICULTURE ENTRANCE BY GORAKH DHAMI

CHAPTER 1.   ABOUT IAAS / AFU AND SOME AFFAIRS               1.1  INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE (IAAS) §         Began as a school of Agriculture under ministry of Agriculture in 1957 to train JTA’s in agriculture. §         School of agriculture upgraded to college level in 1968 §         It was entitled IAAS in 1972 as a constituent institute of Tribhuwan University and located the specific place at Rampur in the same year. §         The institute has 230 hac of land for its academic and research programs at Rampur. §         Lamjung Campus located at Sundarbazar Lamjung was established in 1975 and has about 18 hac of land. §         Paklihawa Campus at Rup...

नेपालमा च्याउ खेतीको इतिहास (History of Mushroom Cultivation in Nepal)

नेपालमा २०२८ सालबाट च्याउ उत्पादन शुरु भएको हो । सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०२९ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । त्यस समय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरुलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३७ सालबाट नै काठमाडौको बलम्बुमा निरन्तर रुपमा च्याउखे ती गरिदै आइएको छ । बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरुको संख्या बृद्धि हुदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरुको संख्या पनि दिनानुदिन बृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरुमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरु रहेका छन् । अन्य खेती भन्दा छिटो र सरल तरिकाबाट उत्पादन लिन सकिने भएकाले नेपालमा दिनानुदिन यो व्यावसायमा लाग्न शिक्षित र अशिक्षित दुवै प्रकारका किसानहरुको संख्या बढ्दै गएको छ । यसको खेतीका लागि मल,माटो र सिँचाईको खासै आवश्यकता नपर्ने भएकाले थोरै जमिन भए...

Informative Horticulture

informative horticulture  The term horticulture derived from two latin words hortus and culture ; hortus means garden and culture means cultivation .  Horticulture itself is art and science ; it is art because it is rooted in ancient times and involves practices that are basis for our social culture.The design and placement of different horticultural plants in formal garden is an art which give an aesthetic sence .  The raising of plants and other practices are based on scientific basis and principles .  There are mainly 6 branches of horticulture. which are   Pomology :Study(production ,management and care) of fruits    Olericulture :Deals with practices and cultural management required for successful production of vegetables crops and their seeds   Floriculture : only flower production management processing is its field of study   Ornamental horticulture : deals with plants trees or both that is commercially important for...