प्राविधिक ज्ञान तथा कार्यबिधि  १.मौसम ,माटोको अवस्था र हावापानी     गोलभँेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभोडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ।  २. उपयोग  गोलेभँेडामा भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । परम्परागत रूपमा गोलभँेडा तरकारी र अचारको लागि प्रयोग गरिँदै आएकोमा हाल यसको अलावा सलाद र सस बनाउन समेत प्रयोग बढ्दै गएको छ, जसले गर्दा यसको बजारमा प्रशस्त माग रहेको छ ।   ३. जात हरु  गोलभँेडा खेतीका लागि वर्षातको समयमा लक्ष्मी ५००५, ग्रेस्को–१, सगरमाथा, वि एल ४१०, सिर्जना, अम्मर, इन्डम आदि जातहरू उपयुक्त हुन्छन ।  हिउँदे मौसमका लागि मनिषा, भीम, अभिनाश, लप्सी गेडे, बि.एस.एस ४२२ नामका जातहरु उपयुक्त हुन्छन । यसका साथै गोलभँेडाका अन्य प्रचलित जातहरू पुसा रुवी, मनप्रेकस, रोमा, बिशेष, सुरक्षा, एन १६२, एच. आर. डि. १ हुन ।  गोलभोडाका नवीन, ऋषि, रुपाली वर्णशङ्कर जातमा ओइलाउने रोग कम लाग्दछ ।   ४. गोलभोडा लगाउने समय र नर्सरी ...