image copyright www.hoppler.com         (१) असुरोः     गाउ‘घरमा पाइने असुरोको पात र डॉठलाई खेत, बारीमा छापोको रुपमा माटोमा प्रशस्त राख्ने गरे फेंद काट्ने र माटोमुनि लुकीबस्ने खुम्रे कीराहरुलाई नियन्त्रण गर्न सकिन्छ ।       (२) खरानी र कृषि चुनः      www.alternativeconsumer.com     खरानी र कृषि चुनलाई एकै ठाउ‘मा मिसाई खेत बारीमा प्रयोग गर्ने गरेमा उफ्रिने कीराहरु जस्तै बिरुवाहरुको पात खाई छियाछिया बनाउने ‘खपटे किरा’ नियन्त्रण गर्न सकिन्छ । यसलाई प्रयोग गर्दा एक भाग काठको (दाउराको मात्र) खरानी एक भाग कृषि चून दुबैलाई मिसाई छर्ने  गर्नुपर्दछ ।   (३) गाईको गोबरः      गाईको गोबरबाट धानमा देखापर्ने डढुवा रोग नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २० ग्राम गाईको गोबरमा एक लिटर पानीका दरले आफूलाई आवश्यक पर्ने मात्राको बनाई रोग लागेको खेतमा राम्रोस‘ग बोट भिज्ने गरी छर्ने गरेमा डढुवा रोग नियन्त्रण गर्न सकिन्छ ।   (४) चुनाः      चुनाको प्रयोगबाट मकैको भण्डारणमा लाग्ने कीराहरु नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग गर्दा २ सय २५ ग्राम चुनालाई १०० वटा मकैको घोगाका दरले आफ्नो आवश्यकताअन...
The highlights which make you perfect Agriculturist